खाेज्नुहाेस

अत्तरियामा बाध्यवादन प्रशिक्षण कार्यशाला सुरु

Image

अत्तरिया– कैलालीको अत्तरियामा बाध्यवादन प्रशिक्षण कार्यशाला सुरु भएको छ । सोमबारबाट १५ दिने प्रशिक्षण कार्यशाला सुरु भएको हो ।

navjiwan hospital

गोदावरी नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यशालाको सोमबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

attariya hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले प्रशिक्षणका माध्यमले सुदूरपश्चिमको कला संस्कृतिको जर्गेना गर्ने विस्वास लिएको बताए । उनले पछिल्लो समय सुदूरपश्चिमको मौलिक लोक संस्कृति लोप हुदै गईरहेको अवस्थामा यस्ता कार्यक्रमले पछिल्लो पुस्तालाई कला संस्कृतिको बारेमा जानकारी दिन महत्वपुर्ण भुमिका खेल्ने बताए ।

‘आज हामी आधुनिकताको नाममा हाम्रा मौलिक बाजागाजा, गीत तथा रितिथितिहरू बिर्सँदै गइरहेका छौँ, नयाँ पुस्ता मोबाइल र प्रविधिमा व्यस्त छ, तर आफ्नै पहिचानमाथि उनीहरूको चासो घट्दो क्रममा छ’ उनले भने ‘यस्तो अवस्थामा यस्ता तालिमहरुले युवापुस्तामा संस्कृतिप्रतिको अभिरुचि बढाउने मैले अपेक्षा गरेको छु ।’ उनले सहभागिहरूलाई प्रशिक्षणको अवसरको सदुपयोग गर्दै सीप विकाससँगै समाजमा लोकसंस्कृति प्रतिको चेतना फैलाउने आग्रह समेत गरे ।