अत्तरिया– कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडक खण्डमा स्कुटर दुर्घटना हुँदा धनगढी–७ मनहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो ।



धनगढीबाट अत्तरिया तर्फ जाँदै गरेको सुपप्र ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीय सीता कुस्मी घाइते भएकी छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
