खाेज्नुहाेस

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु 

Image
धनगढी – कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भुरुवामा सुपप्र०१–००१ ह ५१४८ नम्बरको अटो रिक्सा  दुर्घटना हुँदा स्थानीय अटो रिक्सा चालक भरत साउँदका नाति १० महिनाको आयुष साउँदको मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
अटो रिक्सा  अनियन्त्रित भएर भएको दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा शनिवार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा सोही अटोमा सवार लम्कीचुहाका  ४२ वर्षका प्रकाश गिरी र टेकराज साउँद घाइते भएका छन् । घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।