खाेज्नुहाेस

कैलालीमा महिलामाथि हातपात गर्ने प्रहरीमाथि छानबिन हुँदै

Image

अत्तरिया – कैलालीको टीकापुर नगरपालिका – ७ स्थित हुलाकी राजमार्ग सडक खण्ड खैरीपुर चेक पोस्टमा महिलामाथि हातपात गर्ने प्रहरीमाथि छानबिन सुरु गरिएको छ । चेकिङको क्रममा शुक्रवार साँझ टीकापुर नगरपालिका – १ की २९ वर्षीय राज कुमारी कुवर (शाह) माथि हातपात गर्ने प्रहरीमाथि छानबिन सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले युवतीले दिएको निवेदन र सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा चेकिङमा रहेका २ प्रहरी माथि छानबिन सुरु गरिएको जनाएको छ । प्रहरीले छानबिनका लागि प्रहरी नायव उपरीक्षक राज कुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कैलालीमा ल्याएर छानबिन भइरहेको बताएको छ । शुक्रवार सत्ती प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक यज्ञराज पन्तले महिलामाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो । स्कुटीको कागजात जाँच गर्ने क्रममा विवाद भएपछि महिलाले तँ भनेको भन्दै प्रहरीले कुटपिट गरेका थिए ।

प्रहरी हवलदार सुरेन्द्र बोहराले कागजात माग्दा विवाद भएपछि ड्रेसमा नभएका प्रहरी नायब निरीक्षक पन्त आएका थिए । त्यसपछि ड्रेसमा नभएका पन्त र महिलाबिच भएको विवाद हातपातमा बदलिएको थियो । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

attariya technical collage