खाेज्नुहाेस

गोदावरीमा पानीको खाल्डोमा डुबेर एक युवकको मृत्यु 

Image
सांकेतिक तस्बिर
अत्तरिया – कैलालीको गोदावरीमा पानीको खाल्डोमा डुबेर एक युवकको मृत्यु भएको छ । शुक्रवार बिहान गोदावरी नगरपालिका – १० जनप्रभात टोलमा पानीको खाल्डोमा डुबेर स्थानीय ३० वर्षीय दीपक नेपालीको मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
घरबाट खेतमा जाने क्रममा सिँचाई गर्न बनाइएको पानीको खाल्डोमा एक्कासि ढल्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । युवक मृगीको बिरामी रहेको आफन्तले बताएको प्रहरीको भनाइ छ ।