
धनगढी – कैलालीको धनगढीमा रहेको हौसला गाडी ग्यारेजमा आगलागी भएको छ । बिहिबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको लालबहादुर चौधरीले सञ्चालन गरेको ग्यारेजमा आगलागी भएको हो ।
आगलागीबाट करिब ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट गाडीका विभिन्न पार्ट, पुर्जा र गाडी मर्मतका उपकरणहरू जलेको प्रहरीको भनाई छ ।

