खाेज्नुहाेस

अत्तरियामा २ वर्ष अघि अलपत्र फेला परेका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

Image

अत्तरिया – कैलालीको अत्तरियामा २ वर्ष अघि अलपत्र अवस्थामा भेटिएका २ बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । २ वर्ष देखि महिला तथा बालबालिका सेभ हाउसको साहारामा बस्दै आएका बझाङको छबिस पाथीभरा गाउँपालिका – १ का ८ वर्षीय दिपु गिरी र ९ वर्षकी आइसा गिरीलाई आफन्तको जिम्मा लगाइएको हो ।

ती बालबालिका २०७९ चैत्र ४ गते साँझ अत्तरिया बसपार्क नजिकै अलपत्र अवस्थामा फेला परेका थिए । बालबालिकाले आमा सँगै आएको बताए पनि आमाबाट अलग भएपछि ती बालबालिका अलपत्र परेका थिए ।
बिहीबार बालबालिकालाई मामा घरकी हजुर आमा पारु गिरीको जिम्मा लगाइएको महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् ।

add everest academy
attariya hospital
navjiwan hospital

‘हामीले २ वर्ष पछि बालबालिकाको मामा घरको बज्यै सम्पर्कमा आउनु भयो’ उनले भनिन् ‘आमा त एक छोरी घरमा २ छोराछोरी अत्तरियामा र एक अर्को बच्चा लगेर गएकी रहेछिन् । आमाको बारेमा हामीले अहिले सम्म पत्ता पाएका छैनौ । त्यसैले हजुरआमा सम्पर्कमा आएपछि आजदेखि हामीले वहाँको जिम्मा लगाएका छौ ।’ उनले बालबालिकाको जन्म दर्ता पनि नभएकाले समस्या भएको अवस्थामा आफन्त सम्पर्कमा आएपछि सहज भएको बताए ।

बालबालिकाकी हजुर आमा पारु गिरीले आफ्नी छोरी पहिलो बिहे गरेको श्रीमानलाई छोडेर छबिस पाथीभरा गाउँपालिका – ७ का रोकाया थरका पुरुष सँग बिहे गरेर गएको भए पनि सम्पर्कमा नभएको बताइन् । उनले बालबालिकालाई आफूले नै संरक्षण गरेर राख्ने बताइन् । उनका अनुसार उनकी छोरी (बालबालिकाकी आमा) सिता गिरीले छबिस पाथीभरा गाउँपालिका – २ का राजी गिरी सँग अन्दाजी १० वर्ष पहिले भागी विवाह गरेकी थिइन् । राजी गिरी हाल भारतमा बस्दै आएको उनले बताइन् ।

बालबालिकालाई इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी ज्ञानु चौधरीको रोहबरमा महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष मलासीले बालबालिकाकी हजुर आमा पारु गिरीको जिम्मा लगाएको थियो ।
दुवै बालबालिका हाल अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा पढ्दै आएका थिए ।

attariya technical collage