खाेज्नुहाेस

अत्तरियामा मनाइयो विश्व वातावरण दिवस 

Image

अत्तरिया – कैलालीको अत्तरियामा विश्व वातावरण दिवस मनाइएको छ । बिहीबार कृषि ज्ञान केन्द्र कैलालीले दिवसको अवसरमा अत्तरियामा रहेको कृषि हाट बजारमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वयन समिति कैलालीकी अध्यक्ष टीका कुमारी चौधरी (भुल)  ले वातावरण संरक्षणका लागि हामीले प्लास्टिक मुक्त गर्न आवश्यक रहेको बताइन् ।

उनले कैलालीमा धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा राम्रो काम  गरेकाले त्यसको सिको सबै पालिकाले सिको गर्नुपर्ने बताइन ।

add everest academy
attariya hospital

प्लास्टिकजन्य फोहोरको जोखिममा महिला रहेको बताउँदै उनले भनिन् ‘अहिले पनि महिलाहरू खाना पकाउँदा प्लास्टिक जलाएर आगो बाल्ने गर्दछन् । त्यसले महिलाहरूको स्वास्थ्यमा समस्या देखिने गर्दछ ।’

navjiwan hospital

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका प्रवक्ता गोपाल दत्त भट्टले प्लास्टिकजन्य फोहोर व्यवस्था चुनौतीपूर्ण रहेको बताए । उनले कार्यविधि बनाएर गोदावरी नगरपालिकाले प्लास्टिक बन्द गरेको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

attariya technical collage

‘प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ बिहीबार विश्व वातावरण दिवस मनाइँदै छ । सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यस दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्दछ ।

Karma Consultancy