खाेज्नुहाेस

दुर्गालक्ष्मी नमुना माविले काठमाण्डौंको  विश्व निकेतन सँग शैक्षिक सहकार्य गर्ने 

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले काठमाण्डौंमा रहेको विश्व निकेतन माध्यमिक विद्यालय सँग शैक्षिक सहकार्य गर्ने भएको छ । दुवै विद्यालय बिच बिहीबार शैक्षिक सहकार्य गर्ने सम्झौता भएको हो । सामुदायिक विद्यालय बिच असल अभ्यासहरू आदानप्रदान गरी सिकाई स्थानान्तरणद्धारा विद्यार्थी तथा शिक्षकहरूमा पारस्परिक सिकाइ सहकार्य गर्न सम्झौता गरिएको दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाहले बताए ।

सम्झौता अनुसार विश्व निकेतनले विज्ञान विषयको प्राविधिक व्यवस्थापन गर्दै शैक्षिक समन्वय तथा क्षमताको अभिवृद्धि गर्न दुर्गालक्ष्मीले माग गरे अनुसार शैक्षिक तालिम, गोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने सम्झौता गरिएको छ ।

attariya hospital

सम्झौता पत्रमा विश्व निकेतनले विज्ञान विषय सञ्चालन गर्न आवश्यक सहयोग गर्ने, विद्यार्थी शिक्षक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने, विज्ञान विषय समूहको कक्षा १२ प्रि बोर्ड परीक्षा तथा कक्षा ११ को वार्षिक परीक्षा प्रश्न पत्र तथा समय तालिकामा एकरुपता  ल्याउने, दुवै विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको सार्क राष्ट्र सम्म संयुक्त शैक्षिक अवलोकन भ्रमण गराउने, बालबिकास देखि कक्षा ५ सम्म समय सापेक्ष शैक्षिक विधि प्रयोग र अभ्यासलाई प्रभावकारी बनाउने लगायतका विषय उल्लेख छन् ।

navjiwan hospital

सम्झौता पत्रका विश्व निकेतनका तर्फबाट प्रधानाध्यापक हेरम्ब राज कँडेल र दुर्गालक्ष्मीका तर्फबाट प्रधानाध्यापक ललनप्रसाद चौवे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले हस्ताक्षर गरेका छन् । सम्झौता पहिलो चरणमा तीन वर्ष सम्मका लागि लागू हुने जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले विद्यालयको शैक्षिक सुधार अभियान अन्तरगत विश्व निकेतन सँग सम्झौता गरिएको बताए । उनले नेपालकै पुरानो मध्येको एक विश्व निकेतन सँग सहकार्य गर्दा दुर्गालक्ष्मीको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिइएको बताए । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन विसं.स २००३ मा स्थापना भएको सामुदायिक विद्यालयकै उत्कृष्ट विद्यालयमा गनिन्छ । यो विद्यालयका ८० प्रतिशत कर्मचारीले आफ्नो छोराछोरीलाई सोही विद्यालयमा पढाइरहेका छन् । यहाँ कक्षा १ देखि स्नातकसम्मको पढाइ हुने गरेको छ ।