खाेज्नुहाेस

डीएलएस टक पोडकाष्ट सो सार्वजनिक,  यस्तो छ इन्ट्रो (भिडियो)

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविले डीएलएस टक पोडकाष्ट सो सार्वजनिक गरेको छ ।

विद्यालयले शनिवार एक कार्यक्रममा बिच गेटा अस्पतालका निर्देशक प्रमोद यादव र  पंजगब्य सिद्ध लीला श्रेष्ठले डीएलएस टक पोडकाष्ट सो सार्वजनिकरण गरेका थिए ।

attariya hospital

‘भ्वाइस अफ दुर्गालक्ष्मी’ स्लोगन राखिएको यस पोडकाष्टमा विभिन्न व्यक्तिहरू सँग कुराकानी गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताए । उनले पहिलो पोडकाष्टमा पंजगब्य सिद्ध लीला श्रेष्ठ सँगै कुराकानी गरिएको बताउँदै छिटै यसलाई स्कुलको पेजबाट सार्वजनिक गरिने बताए ।

navjiwan hospital

विद्यालयले शनिवार नै उक्त पोडकाष्टको इन्ट्रो सार्वजनिक गरेको छ । विद्यालयले आफ्नो फेसबुक पेजबाट इन्ट्रो सार्वजनिक गरेको हो ।

यस्तो छ इन्ट्रो