अत्तरिया – कैलालीको अत्तरियामा भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
शनिवार दुर्गालक्ष्मी नमुना मावि अत्तरियाको आयोजनामा प्राकृतिक जीवनशैलीमा आधारित भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण दिइएको हो ।


कार्यक्रममा पंजगब्य सिद्ध लीला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् । उनले भान्छा बदल्न सकेमा सबै स्वास्थ्य समस्याबाट मुक्त पाउन सकिने बताइन् । उनले आफू स्वस्थ छु भन्ने सोचका साथ अघि बढ्न सके शरीर आफै स्वास्थ्य हुने बताइन् ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।


















