धनगढी – कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर १४ वर्षीय आरुसी महतोको मृत्यु भएको हो।
उनको माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।