अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा दीप प्रज्वलन गरिएको छ । विहिबार अत्तरिया जेसीज २०२५ ले गणतन्त्र दिवसको अवसरमा सेभ हाउसलाई खाद्यान्न सहयोग गर्दै दीप प्रज्वलन गरेको हो ।

जसअन्तगत सेभ हाउसलाई जेसिजले चामल, दाल लगायतका खाद्यान्न सहयोग गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासिले बताइन ।

उनले जेसीजले बालबालिकालाई जुश खुवाएर बालबालिका सँगै गणतन्त्र दिवस मनाईएको बताईन ।
















