काठमाण्डौ – सुनको मुल्य आज एकैदिन एक हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको मुल्य एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ८९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि सामान्य घटेको छ । चाँदीको मुल्य १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको दुई हजार पाँच रुपैयाँ रहेको थियो ।


















