खाेज्नुहाेस

डीडीसी रोक्न माग गर्दै सुदूरपश्चिम सामाजिक विकास समितिलाई ज्ञापन पत्र

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) रोक्न माग गर्दै सुदूरपश्चिम सामाजिक विकास समितिलाई ज्ञापन पत्र बुझाइएको छ । बुधवार डीडीसी संरक्षण सङ्घर्ष समितिले डीडीसी अत्तरियामा रोक्न माग गर्दै समितिका सभापतिलाई ज्ञापन पत्र बुझाएको हो ।
attariya hospital
navjiwan hospital
ज्ञापन पत्रमा हाल डीडीसीका लागि अत्तरियामा जग्गा खोज्ने प्रक्रिया स्थानीय सरकार मार्फत जारी रहेकाले सार्न नहुने माग गरिएको छ । संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे आगो र सचिव विक्रम विष्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा हाल डीडीसी धनगढी सार्ने सम्झौता गरिएको जानकारी सुन्नमा भएकाले त्यसलाई रद्द गर्न माग गरिएको छ ।
माग पुरा नभएर थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने ज्ञापन पत्रमा उल्लेख छ ।