अत्तरिया– कैलालीको अत्तरियामा नयाँ ट्राभल एण्ड टुर कम्पनि खुलेको छ । स्थानीय केशवराज भट्टले शिवपार्वती ट्राभल एण्ड टुर नामक कम्पनि खोलेका हुन ।

बुधबार सो ट्राभल कम्पनिको उद्घाटन गरिएको छ । अत्तरियास्थित धनगढीरोडमा खुलेको सो ट्राभल कम्पनिले यातायातका विभिन्न सेवासुविधाहरु प्रदान गर्ने सञ्चालक भट्टले बताए । उनका अनुसार कम्पनिले विभिन्न टुर प्याकेजहरु सञ्चालनमा ल्याएको छ । जसमा विद्यार्थी टुर प्याकेज, हनिमुन टुर प्याकेज, बैंकिङ टुर प्याकेज, सहकारी टुर प्याकेज लगायत रहेका छन ।

त्यस्तै विमानस्थलमा पु¥याउने तथा ल्याउने, फ्यामिलि ट्रिपका लागि हाईस तथा बसहरु उपलब्ध गराउने, विवाहका लागि आवश्यक पर्ने विभिन्न किसिमका कारहरु उपलब्ध गराईने समेत सञ्चालक भट्टले बताए । उनले त्यसबाहेक प्लेन टिकट, होटल बुकिङ, कुरियर लगायतका सेवासुविधाहरु रहेको समेत बताए । भट्टले जहाँ जस्तोसुकै अवस्थामा पनि सेवा सुविधा दिन ट्राभल कम्पनि तयार रहेको बताए ।



















