अत्तरिया – कैलालीको अत्तरियामा रहेको समता स्कुललाई हेमा श्री फाउन्डेसन नेपालको सहयोग गरेको छ । फाउन्डेसनले गोदावरी नगरपालिका–२ मा रहेको समता स्कुललाई आर्थिक सहयोग गरेको हो ।

स्कुलको नवनिर्मित भवन तथा भौतिक संरचना खरिदका लागि ४० हजार नगद सहयोग गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।

उक्त सहयोग रकम विद्यालयकी प्राध्यापक रितु पाण्डे शाहुलाई फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको उपस्थितिमा रकम प्रदान गरिएको थियो । गौरीगंगा नगरपालिका–६ मा रहेको फाउन्डेसनले सामाजिक क्षेत्र र बालबालिका लाई शैक्षिक प्रोत्साहन गर्दै विभिन्न सहयोगका कार्य गर्दै आएको छ ।
















