खाेज्नुहाेस

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Image

धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। सोमबार साँझ घोडाघोडी नगरपालिका–३ निम्दीमा मोटरसाइकलको ठक्करबाट स्थानीय पैदल यात्रा गरिरहो ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

attariya hospital

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय भरतबहादुर बम घाईते भएका छन्। घाईते बमको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल र पछाडी सवार सोही सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।