खाेज्नुहाेस

कैलाली भन्सार प्रमुखमाथि हातपात गर्ने विरूद्ध उजुरी

Image

धनगढी – कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिना माथि दुव्र्यवहार र कुटपिट गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

navjiwan hospital

भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्नेको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी प्राप्त भएको बताए ।

attariya hospital

उनका अनुसार उजुरीमा कसैको पनि नाम उल्लेख छैन । फुटेजमा देखिएका व्यक्तिको पहिचान गरेर कारबाही गरिदिन भनिएको छ ।

शनिबार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका नगर प्रहरीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । तर, नगर प्रहरी निरीक्षक धामीले भने कुटपिट नगरेको दाबी गर्दै आएका छन् ।