खाेज्नुहाेस

गोदावरी–१२ मा रहेको ओलानी कृषि सहकारी संस्थाको अध्यक्षमा कुमार बडैला

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको ओलानी कृषि सहकारी संस्था लिमिटेडेको अध्यक्षमा कुमार बडैला सर्वसम्मत चयन भएका छन ।

navjiwan hospital

शनिबार भएको संस्थाको छैटौ वार्षिक साधारण सभा तथा अधिवेशनले बडैलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सभाले बडैलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष लोकराज ओझा तथा सदस्यहरुमा यशोदा साउँद, दुर्गा कुमारी खड्का, मनरुपा कार्की, शंकर बि.क र जनेश बडैला रहेका छन ।

attariya hospital

यस्तै सभाले ३ सदस्यीय लेखा समिति र ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । लेखा समितिको संयोजकमा गंगाराम ओझा तथा सदस्यहरुमा शंकर बि.क र जनेश बडैला चयन भएका छन । सल्लाहकार समिति सदस्यमा गणेश बहादुर खड्का, प्रेम सिँ बडैला, उजिर सिँह बडैला र ममता भट्टराई चयन भएका छन भने समितिको संयोजकमा भने भीम बहादुर खड्का चयन भएका छन ।