खाेज्नुहाेस

गोदावरी–१२ मा रहेको ओलानी कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको ओलानी कृषि सहकारी संस्था लिमिटेडेको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष गणेश खड्काको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तथा विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटा रहेकी थिईन । कार्यक्रममा गोदावरी नगरपालिका– १२ का वडाध्यक्ष भीमबहादुर खड्का र वडा नं. ११ का वडाध्यक्ष प्रेम सिँ बडैला विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाहरु प्रतिनिधि एवम् शेयरसदस्यहरुको सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

२०७५ सालमा स्थानीय ३० जनाको २५ हजार ४०० चुक्ता पुँजीबाट सुरु भएको सहकारीले हाल ३२ लाख ९४ हजार १७४ रुपैया ५० पैसाको कारोबार गरेको छ । संस्थामा हाल ३४३ जना शेयसरसदस्यहरुको रहेका छन । संस्थाले ७६ जना शेयरसदस्यहरुलाई ऋण प्रवाह गरेको संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खड्काले जानकारी दिए ।

यस्तै संस्थाले प्रशासनिक कार्य गर्न नगरपालिकाको सहयोगमा विभिन्न सञ्चारका सामग्रीहरु जडान गरेको, सदस्यहरुको सहजताका लागि १० ओटा टोल समुह गठन लगायतका कामहरु गरेको अध्यक्ष खड्काले बताए । संस्थाले आगामी दिनमा समुहहरु विस्तार गर्ने, धितो राख्ने प्रकृया सुरु गर्ने, किसानहरुको सहजताका लागि मलखाद, विउविजन तथा कृषि सामग्री पाउने गरी उपभोक्ता विक्रिवितरण केन्द्र स्थापनाका लागि पहल गर्ने लगायका कार्यहरुलाई अघि बढाउने संस्थाको प्रतिवेदनमा भनिएको छ ।

कार्यक्रममा संस्थाले उत्कृष्ट दैनिक बचत गर्ने कुमार सिँ बडैला, उत्कृष्ट मासिक बचत गर्ने पदमा कुमारी भाट (खड्का), बचत संकलन गरी सिमबाट कार्यालयमा रकम जम्मा गर्ने मनरुपा कार्की, चापबाट बचत संकलन गरी कार्यालयमा जम्मा गर्ने अम्मर रावत लगायतलाई सम्मान समेत गरेको थियो ।

संस्थाकी कर्मचारी बर्षा बि.क. ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्थानिय लोकराज ओझाले गरेका थिए ।