अत्तरिया – कैलालिको धनगढीमा संचालनमा रहेको बीजी इन्फोटेक्सले काठमान्डौमा शाखा संचालनमा ल्याएको छ । शुक्रबार देखि संस्थाले काठमाडौको चावहिलमा शाखा संचालनमा ल्याएको हो ।
सूचना प्रविधिमा आधारित सो संस्थाले आइटी शिक्षा र डिजिटल सेवामा रोजगारका अवसर सिर्जना गर्ने उद्देश्य राखेको संंस्थाका संचालक सन्देश बोगटीले बताए ।


संस्थाले वेब विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सोशल मिडिया ह्यान्डलिङ, सफ्टवेयर सेवा र प्राविधिक सीपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको उनले बताए । पछिल्लो समय रोजगारीका लागि विदेश पलायन भैरहेका युवाहरुलाइ प्रविधी मार्फत स्वदेशमै स्वरोजगार बन्न सक्ने वातावरण सृजना गर्न पनि संस्थाले भुमिका निर्वाह गर्ने विस्वाश लिइएको छ ।
धनगढी शाखामा विशेष रुपमा आइटी सम्बन्धी प्रायोगिक तालिमहरू सञ्चालन हुँदै आएको र फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जालको व्यवस्थापनका लागि तालिम र व्यावसायिक अवसरहरू पनि प्रदान गर्ने गरिएको संचालक बोगटीले बताए ।



















