खाेज्नुहाेस

ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले दायर गर्यो मुद्दा

Image

काठमाडौँ – हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। यसअघि, ट्रम्प प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत कानूनको पालना गर्न असफल भएको कारणले निलम्बन गरेको थियो ।

navjiwan hospital

हार्वर्ड विश्वविद्यालयले एक विज्ञप्तिमा ट्रम्पको कदमलाई अवैध भनेको छ । ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्ने बताइएको छ ।

attariya hospital

हार्वर्ड विश्वविद्यालयको तथ्याङ्क अनुसार, गत शैक्षिक वर्षमा छ हजार सात सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भर्ना लिएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।