खाेज्नुहाेस

गोदावरी–१२ मा दुर्व्यसनी र बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण तालिम सुरु

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१२ मा २ दिने लागू औषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । गोदावरी नगरपालिका–१२ को आर्थिक सहयोगमा अत्तरिया विकास मञ्चले शुक्रवार देखि दुर्गा माध्यमिक विद्यालय कोल्मुडामा तालिमको आयोजना गरेको हो ।
attariya hospital
तालिमको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले गोदावरीमा लागू औषधको भयावह अवस्था भएको बताए । उनले लागू औषधको न्यूनीकरण लागि अभिभावक पनि सजक हुनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव निरीक्षक रण बहादुर चन्दले अहिलेको जल्दो बल्दो इस्यु नै लागू औषध भएको बताए । उनले विगतको तुलनामा लागू औषधको प्रयोग बढ्दो क्रममा भएकाले यसको न्यूनीकरणका लागि प्रहरी एक्लैले नसक्ने बताए ।
navjiwan hospital
वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले लागू औषधको विकराल अवस्था भएको बताए । उनले विकट वडा भए पनि ग्रामीण भेगमा पनि लागू औषधका प्रयोगकर्ता रहेको बताए ।
दुर्गा माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष कर्ण बहादुर साउँदले बालबालिका भविष्यको कर्णधार भएकाले बालबालिका लागू औषधबाट टाढा रहनुपर्ने बताए ।
अत्तरिया विकास मञ्च नेपालका अध्यक्ष गणेश कामीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमको मञ्चका संस्थापक अध्यक्ष कृष्ण विकले सञ्चालन गरेका थिए । तालीममा वडाका ४० जनाको सहभागिता रहेको छ ।