खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशका संस्कृति पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

Image
file photo

अत्तरिया– सुदूरपश्चिम प्रदेशका संस्कति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । चौधरीको कैलालीको लम्कीचुहा नगरपालिका– ४ बलियामा रहेको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

प्रहरीका अनुसार चौधरीको घरको ग्रिल तोडेर घरमा राखिएको गरगहना चोरी गरिएको छ । ईलाका प्रहरी कार्यालय लम्कीमा राज्यमन्त्री चौधरीकी दिदिले चोरी भएको निवेदन दिएको प्रहरीले बताएको छ ।

attariya hospital

प्रहरी निरिक्षक लोकेन्द्र सिँहले घरमा कोही नभएको बेला चोरी भएको निवेदन आएको बताए । उनका अनुसार चौधरीको सो घर वैशाखदेखी बन्द अवस्थामा थियो । निवेदन अनुसार झण्डै २० लाख मुल्यपर्ने सुनचाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ ।