खाेज्नुहाेस

सुत्केरीको उद्धार गर्न सहयोग गर्ने प्रहरी जवान देउवालाई सुनगाभाको सम्मान

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको सुनगाभा मन्टेश्वरीले सुत्केरी महिलाको उद्धारमा सहयोग गर्ने महिला प्रहरी जवान चन्द्रिका देउवालाई सम्मान गरेको छ । मन्टेश्वरीले केही नगदसहित देउवालाई सम्मानपत्रले सम्मानित गरेको हो ।

navjiwan hospital

मन्टेश्वरीका सञ्चालक दिर्घ साउँदले सामाजिक रुपमा असल कार्य गर्ने व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने लक्ष्यका साथ महिला प्रहरी जवानलाई सम्मानित गरिएको बताए । उनले प्रसुती ब्यथाले छटपटाईरहेको अवस्थामा सानो सहयोग पनि अमुल्य हुने बताए । महिला प्रहरी जवानले समाजलाई अझै पनि मानविय भावना रहेको सन्देश दिएको पनि साउँदले बताए ।

attariya hospital

प्रहरी जवान चन्द्रिकाले सुत्केरी व्यथा लागेकी गोदावरी नगरपालिका – १ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यको उद्धारका गर्न सघाएकी थिइन ।