खाेज्नुहाेस

कैलालीबाट ३ फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीबाट प्रहरीले वन र चेक अनादर मुद्दाका ३ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले जरिवाना ठहर गरेका ३ जना बुधवार पक्राउ परेका हुन ।
attariya hospital
पक्राउ पर्नेमा वन मुद्दामा ३३ हजार २६० जरिवाना तोकिएका कैलारी गाउँपालिका – ९ का २३ वर्षीय मुक्तिराम चौधरी, चक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका – १ का ४१ वर्षीय दिलीप बहादुर रावल र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका – ६ का ३५ वर्षीय महेश विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।