अत्तरिया– कैलालीको गोदावरीमा सडकमै सुत्केरी भएकी महिलालाई लत्ताकपडा सहयोग गरिएको छ । सुदूरपश्चिम प्रदेशकी सांसद तथा विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले बाटोमै बच्चा जन्माएकी चन्द्रा आचार्यलाई लत्ताकपडा सहयोग गरेकी हुन ।
गोदावरी– १ बसन्तपुरमा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी २४ वर्षिया आचार्य सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै अलपत्र अवस्थामा परेकी थिइन् । बाटोमा सुत्केरी व्यथाले च्यापेको अवस्थामा फेला परेकी चन्द्राको पदमा अस्पतालबाट गएको चिकित्सकको टोलीले सुत्केरी गराई अहिले अस्पतालमा भर्ना गराइएको छ ।



अस्पतालमा रहेकी उनलाई भेट्न गएकी प्रदेश सांसद देवकोटाले बच्चा र आमा दुवैको लागी लत्ताकपडा दिएको बताईन । उनले आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्नुका साथै आवश्यक पर्ने कुराहरुका लागि आफूलाई खबर गर्न समेत आचार्यलाई भनेको बताईन । प्रदेश सांसद देवकोटाले आमा र बच्चाको स्वास्थ्यमा केही समस्या आएर बाहिर लैजानुपर्ने अवस्था आए आफूलाई खबर गर्न अस्पताल प्रशासनलाई भनेको समेत बताईएको छ । त्यसबाहेक सुत्केरी आचार्यलाई राख्नको लागि विभिन्न महिला सेभ हाउससँग सम्पर्क गर्ने र पहलकदमी गर्ने काम गरिरहेको देवकोटाले बताईन ।
प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की चन्द्रा बझाङका डम्बर जोशी सँग भागी विवाह गरेर अत्तरियामा बस्दै आएकी थिइन । उनका श्रीमान् भारतमा रोजगारीमा गएका बेला सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै अलपत्र अवस्थामा परेकी थिइन् ।


















