खाेज्नुहाेस

गोदावरी – १२ को वडा भवन निर्माणका लागि जग्गा दिने २ जना सम्मानित

Image

अत्तरिया- कैलालिको गोदावरी नगरपालिका-१२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिने २ जना स्थानिय सम्मानित भएका छन । वडाकार्यालय भवन निर्माणका लागि जग्गा दिने स्थानिय प्रेम बहादुर बडैला र शेर बहादुर लुहार बिक सम्मानित भएका हुन ।

navjiwan hospital

उनिहरु दुबै जनालाइ सोमबार आयोजित नवौ वडा भेलामा नगर प्रमुख बिरेन्द्र भट्टले टीका तथा सम्मान पत्रले सम्मानित गरे । चालू आर्थिक वर्षमा वडाको भवन निर्माणका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको थियो ।

attariya hospital

नगरपालिकाले चालू आर्थिक वर्षमा उक्त वडाको भवन निर्माणका लागि ६२ लाख ६५ हजार २८३ रुपैया बिनियोजन गरेको छ । जसको निर्माणको जिम्मा श्री उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रा. लि. ले पाएको छ । वडा कार्यालय भवन निर्माणका लागि टेन्डर आह्वान भैसकेर सम्झौताका लागि पत्र समेत काटिसकिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।