खाेज्नुहाेस

गोदावरी – १२ मा आगामी आव मा १ करोड बढी बजेट

Image

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-१२ ले आगामी आर्थिक वर्षका लागि १ करोड बढिको बजेट पेश गरेको छ । सोमबार वडाको नवौ वडाभेलामा वडाध्यक्ष भीम बहादुर खड्काले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड २ लाख २६ हजार ८३९ बराबरको बजेट प्रस्तुत गरेका हुन ।

नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको वडाध्यक्ष खड्काले बताए । वडाभेलामा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले प्रस्तुत बजेटलाइ विभिन्न शिर्षकमा बिनियोजन गरिएको बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार वडाले सबैभन्दा बढी आर्थिक क्षेत्रमा बजेट छुट्याएको छ । अन्य वडाहरुले पुर्वाधार विकासमा बढी बजेट बिनियोजन गरेको अवस्थामा गोदावरी-१२ ले भने आर्थिक क्षेत्रमा बढी बजेट बिनियोजन गरेको छ । त्यसबाहेक वडाले सामाजिक क्षेत्रमा २७ लाख ५० हजार, पुर्वाधार विकासमा २३ लाख, वन तथा वातावरण क्षेत्रमा ५ लाख र सुशासन तथा अन्य क्षेत्रमा ९ लाख ७६ हजार ८३९ रुपैया बिनियोजन गरेको छ ।

वडाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै वडाध्यक्ष खड्काले सम्पुर्ण खोलानालामा कल्भर्टको ब्यवस्था गर्ने, नयाँ सडक खोल्ने, ग्राभेल गर्ने तथा पुराना सडक कालोपत्रे गर्दै जाने नीति अबलम्बन गरेको बताए । त्यस्तै चौकी र कोल्मुडा क्षेत्रमा पार्कलाइ अझै ब्यवस्थित गर्ने, कोलमुडामा बर्थिङ सेन्टर स्थापनाका लागि पहल गर्ने, महिलाहरुलाइ घरेलु हिंसा तथा महिला अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, बिभिन्न तयारी कक्षाहरु संचालन गरि युवाहरुलाइ स्वदेशमै रोजगार बन्न सहयोग गर्ने लगायतका नीति तथा कार्यक्रमहरु रहेको पनि उनले बताए ।

वडाभेलामा वडाले चालू आर्थिक वर्षमा विनियोजन गरेका नीति तथा कार्यक्रमहरुका बारेमा पनि जानकारी दिइएको थियो ।