धनगढी – कैलालीबाट लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन ।

लागूऔषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय केदार बोहरा र सोही मुद्दामै १ महिना १५ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ बस्ने ३३ वर्षीय राज कुमार चौधरी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

















