खाेज्नुहाेस

आगामी आवका लागि गोदावरी- ११ मा ८६ लाख बजेट

Image

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका -११ ले आगामी आर्थिक वर्षका लागि ८६ लाख बराबरको बजेट ल्याएको छ । सोमबार आयोजित नवौ वडाभेलामा वडाध्यक्ष प्रेम सिं बडैलाले आगामी आर्थिक वर्षका लागि वडाले ल्याएको ८६ लाख ८६ हजार २०२ रुपैया बराबरको बजेट प्रस्तुत गरे ।

प्रस्तुत बजेटमध्ये पुर्वाधार विकासमा ५४ लाख रुपैयाँ बिनियोजन गरेको उनले बताए । सो बजेटले सडक स्तरोन्नती, कालोपत्रे, नयाँ ट्र्याक खोल्ने, बिधुत सम्बन्धी काम गर्ने, चोकमा बत्ती जडान गर्ने, कुलो निर्माण गर्ने तथा गत वर्ष अधुरा रहेका पुर्वाधार विकासका काम गर्ने उनले बताए ।

attariya hospital
navjiwan hospital

त्यस्तै सामाजिक विकासतर्फ वडाले १५ लाख १५ हजार रुपैया विनियोजन गरेको छ । जसबाट सामाजिक क्षेत्रका विभिन्न कृयाकलापहरु गरिने वडाध्यक्ष बडैलाले बताए ।

त्यसबाहेक वडाले आर्थिक विकासतर्फ १० लाख रुपैया बिनियोजन गरेको छ भने वन तथा वातावरण क्षेत्रतर्फ १ लाख ६० हजार २०२ रुपैया विनियोजन गरिएको छ । वडाले सुशासन तथा संस्थागत विकासमा पनि ५ लाख ७६ हजार रुपैया विनियोजन गरेको छ ।

वडाले जेठ ४ गते सम्म ६ लाख ६३ हजार ३७९ रुपैया राजस्व संकलन गरेको जनाएको छ ।