खाेज्नुहाेस

शिखर काफली सेवा समाजको साधारण सभा सम्पन्न, अध्यक्षमा महरा निर्वाचित

Image

धनगढी – शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले समाजसेवी छत्र बहादुर महराको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर जोरा, सचिवमा राजेन्द्र रैका,सहसचिवमा नवराज ओझा र कोषाध्यक्षामा सरस्वती खड्का साउँद रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशःश्यामराज जोशी,जयराज ओझा,पदम वहादुर जोरा,चेतराज फूलारा,दिल वहादुर महरा र राजेश महरा रहेका छन ।

navjiwan hospital

साधरणसभाले शिखर काफली समाज नेपालका निवर्तमान अध्यक्ष विष्णु बहादुर महराको संयोजकत्वमा १५ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ । समितीको सदस्यहरुमा क्रमशःपुष्पराज जोशी, मदन शर्मा, राम बहादुर महरा, यज्ञराज ओझा, गणेश बोहरा, लाल वहादुर महरा, टेक बहादुर रैका, ठगि महरा, कृष्ण प्रसाद जोशी, डा.मान वहादुर जोरा, जगन्नाथ जोरा, नवराज ओझा, पदम जोरा, नारायण ओझा, पूर्णानन्द जोशी रहेको छन ।

attariya hospital

दोश्रो साधारण सभाले समाजका अध्यक्ष विष्णु बहादुर महराद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पदम जोराद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको छ । साधारण सभाले समाजको कार्यक्षेत्र समेत विस्तार गर्ने निर्णय गरेको छ । साधारणसभामा सामाजिक एंव राजनैतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बाफत पूर्वराज्यमन्त्री टेक बहादुर रैका र शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याए बाफत एंव बिद्याबारधी उपाधी हाँशिल गरे बाफत प्रध्यापक डा.मान बहादुर जोरा लाई सम्मान समेत गरिएको थियो ।

शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभाको उद्धघाटन सत्रमा पूर्वराज्यमन्त्री टेक बहादुर रैका, प्रतिभा सामुदायिक पुस्तकालय अत्तरीयाका अध्यक्ष पुष्पराज जोशी, साविक मुडभरा गाविसका पूर्व अध्यक्ष लाल वहादुर महरा, शिखर काफली समाजका अध्यक्ष विष्णु बहादुर महरा, कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक डा.मान वहादुर जोरा, धनगढी उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष विजय जोशी,प्रादेशिक आयुर्वेद चिकित्सालयका अध्यक्ष नरेश विष्ट, कृष्णपुर नगरपालिका वडा नं ९ का पूर्व अध्यक्ष छत्र वहादुर महरा, नेपाल शिक्षक संगठनका गोदावरी नगर अध्यक्ष नरेन्द्रराज शर्मा, समाजका फूलवारी उपसमिती संयोजक लक्ष्मीराज ओझा लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । समाजका सचिव जगन्नाथ जोराले संचालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य गजेन्द्र महराले राखेका थिए । कार्यक्रम शिखर काफली समाजका निवर्तमान अध्यक्ष विष्णु बहादुर महराको अध्यक्षमा सम्पन्न भएको थियो ।