अत्तरिया- कैलालिको गोदावरी नगरपालिका- ९ ले ९१ लाख ३४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । आइतवार आयोजित नवौ वडाभेलामा वडाध्यक्ष रामलाल रानाले आगामी आर्थिक वर्षका लागि ९१ लाख ३४ हजार ५८८ रुपैया बराबरको बजेट प्रस्तुत गरेका हुन ।

नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा प्रस्तुत गरिएको बजेटलाइ विभिन्न शिर्षकमा छुट्याइएको वडाध्यक्ष रानाले बताए । उनका अनुसार वडाले भौतिक पुर्वाधार विकासमा ५० लाख रुपैया छुट्याएको छ भने सामाजिक विकासतर्फ २२ लाख रुपैया बिनियोजन गरेको छ ।

यस्तै आर्थिक विकासतर्फ १५ लाख, वातावरण तथा विपद ब्यवस्थापनतर्फ २० हजार र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासतर्फ ४ लाख १४ हजार ५८८ रुपैया बिनियोजन गरिएको उनले बताए ।
वडाले बैशाख मसान्तसम्म ७ लाख ७६ हजार ५१२ रुपैया राजस्व संकलन गरेको जनाएको छ ।













