खाेज्नुहाेस

‘चुनावको बढ्दो खर्चले महिलाको राजनीतिक प्रतिनिधित्व घटाईरहेको छ’

Image

धनगढी– चुनावमा बढ्दो खर्चले महिलाको राजनीतिक प्रतिनिधित्व घटाइरहेको एक कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन । इन्टरनेसनल आइडियाले आयोजना गरेको कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरुले बढ्दो चुनाव खर्चका कारण महिलाहरु राजनीतिक रुपमा अघि बढ्न नसकेको बताएका हुन ।

निर्वाचन खर्च घटाउन सबै तहको एकसाथ निर्वाचन गराउनुपर्ने, उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने लगायतको उनीहरूले सुझाव दिए । पैसाको बार्गेनिङ गरेर टिकट माग्ने परिपाटी पार्टीहरुमा मौलाएको सहभागीहरूको ठम्याइ छ । पार्टी वा नेताहरूले नै आर्थिक जोहो गर्न सक्ने वा नसक्ने कुरा सोध्ने गरेको उनीहरूले बताएका छन् ।

attariya hospital

महिलालाई टिकटको कुरा उठ्ने बित्तिकै आर्थिक कुरा जोडेर पछाडि हट्न दबाब आउने गरेको प्रदेश सभा सदस्य जानकी ऐर बमले बताईन । ‘पुरुष जति धेरै उठे पनि उनीहरूको आर्थिकको कुरा सोधिदैन’ उनले भनिन् ‘तर, महिला भन्ने बित्तिकै उसको माइती, पोइली घरको आर्थिक अवस्था श्रीमानको कमाइ सोधिन्छ ।’

navjiwan hospital

अर्का प्रदेश सभा सदस्य खेमादेवी विष्टले महिलालाई राजनीति गर्न धेरै कठिन रहेको उल्लेख गरिन । उनले राजनीति गर्न श्रीमान, सासुससुरा, परिवारका अन्य सदस्यको अनुमति लिनुपर्ने बाध्यता रहेको बताईन ।

त्यस्तै, अर्का प्रदेश सभा सदस्य लक्ष्मी विकले महिला र दलितलाई टिकट दिनु भनेको हार्नलाई दिनु हो भन्ने मानसिकता रहेको बताईन । उनले टिकट त जित्नेलाई दिने हो भन्दै महिलालाई बञ्चित गरिने गरिएको बताईन ।

बढ्दो चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा उनिहरुको जोड थियो । मौन अवधिमा सबैभन्दा बढी खर्च हुने गरेका कारण यसलाई घटाउनु पर्ने उनीहरूले बताएका हुन । कार्यक्रममा निर्वाचन खर्च घटाउन सबै तहको एकसाथ निर्वाचन गराउनुपर्ने, उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने लगायतको उनीहरूले सुझाव दिए ।

यसैगरी, निर्णायक मतमा पनि पैसा बाँड्ने प्रतिस्पर्धा हुने गरेको जनाइएको छ । टिकट पाउनदेखि लिएर चुनावी प्रचारप्रसारमा होडबाजी, कार्यकर्ता खुसी राख्न उनीहरूलाई नास्ता, खाना लगायत गर्दागर्दै चुनावको क्रममा अत्यधिक खर्च हुने गरेको जनाइएको छ । चुनावमा बेहिसाब तरिकाले भइरहेको खर्चले महिला प्रतिनिधित्व घटिरहेको कार्यक्रममा बताइएको छ । सहभागीले स्थानीय तहको निर्वाचनमा अझ बढी खर्च हुने गरेको बताएका छन् ।