अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ६ ले ९२ लाख बढीको बजेट प्रस्तुत गरेको छ । वडाले शनिबार वडाभेलाको आयोजना गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ लाख २१ हजार ४५३ रुपैयाको बजेट प्रस्तुत गरेको हो ।

प्रस्तुत बजेटमध्ये वडाले पुर्वाधार विकासमा ४४ लाख ४६ हजार, आर्थिक विकासमा १७ लाख ५० हजार र सामाजिक विकास तर्फ २४ लाख २५ हजार रुपैया विनियोजन गरेको छ ।

त्यसबाहेक वातावरण तथा विपद् व्यवस्थापनमा ५० हजार र सार्वजनिक सेवा, क्षमता विकास तथा व्यवस्थापनमा ५ लाख ५० हजार ४५३ रुपैया विनियोजन गरिएको वडाध्यक्ष जग्गुराम चौधरीले जानकारी दिए । वडाले वैशाख मसान्तसम्म २१ लाख ८४ हजार ६४२ रुपैयाँ राजस्व संकलन गरेको समेत उनले बताए ।
वडाध्यक्ष चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट र विशिष्ठ अतिथि उपप्रमुख शारदा देवी रोकाया रहेका थिए ।

















