एजेन्सी – भारतको केदारनाथ धाममा ठूलो दुर्घटना टरेको छ । विरामीको उद्दार गर्न पुगेको एम्स अस्पतालको हेलिकोप्टरमा प्राविधिक खराबी आएपनि आपतकालीन अवतरण गराउन सफल हुँदा दुर्घटना टरेको हो ।

हेलिकोप्टरको पछाडिको भागमा क्षति पुगेको छ। हेलिकप्टरमा सवार सबै यात्रीहरू सुरक्षित रहेको स्थानीय प्रशासनले बताएको छ ।

ऋषिकेशबाट आएको एम्सको हेलिकप्टर प्राविधिक खराबीका कारण आपतकालीन अवतरणगरिएको थियो ।

















