खाेज्नुहाेस

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

Image

बाजुरा – बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रबार कर्णाली करिडोर अन्तरगत हिमाली गाउँपालिका ६ सिउडी खोलामा जिप दुर्घटना हुँदा ६जना घाइते भएका हुन ।

navjiwan hospital

म १ ज २३३ नम्बरको जिप दुर्घटना हुँदा अन्दाजी २० वर्षका सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी वर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ वर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षकी अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ वर्षका विज्ञान सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुलको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।

attariya hospital

जिप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।