खाेज्नुहाेस

आगामी आर्थिक वर्षका लागि गोदावरी– ३ र ४ ले ल्याए बजेट

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ र ४ ले आगामी आर्थिक बर्षको बजेट पेश गरेका छन । नगरपालिकाले पठाएको बजेट सिलिङ अनुसार दुवै वडाले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वडाभेलामा पेश गरेका हुन ।

शुक्रबार बिहान वडा भेला आयोजना गर्दै वडा नं. ३ ले आगामी आर्थिक वर्षका लागि ९५ लाख ९४ हजार ८५ रुपैया बराबरको बजेट पेश गरेको छ । वडाले आगामी आर्थिक वर्षका लागि पेश गरेको सो बजेटबाट पुर्वाधार विकासमा ४० लाख ५० हजार रुपैया छुट्याएको छ ।

attariya hospital

त्यसबाहेक वडाले सामाजिक विकासतर्फ ३३ लाख, आर्थिक विकासतर्फ १० लाख ५० हजार, वन तथा वातावरणतर्फ ५० हजार र अन्यतर्फ ११ लाख ४४ हजार ८५ रुपैया छुट्याएको छ । वडाध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित वडा भेलाका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

navjiwan hospital

यस्तै वडा नं. ४ ले आगामी आर्थिक वर्षका लागि १ करोड १८ लाख बढीको बजेट पेश गरेको छ । शुक्रबार नै आयोजित वडाभेलामा १ आगामी आर्थिक वर्षका लागि १ करोड १८ लाख १० हजार ७१६ रुपैयाको बजेट सिलिङ पेश गरिएको हो ।

वडाध्यक्ष हेमप्रकाश मल्लले नगरले पठाएको बजेट सिलिङका आधारमा बजेट पेश गरेको बताए । उनले सो बजेटलाई विभिन्न शिर्षकहरुमा विनियोजन गरिएको पनि बताए । उनका अनुसार वडाले पुर्वाधार विकासमा ६२ लाख रुपैया विनियोजन गरेको छ भने सामाजिक विकासमा २१ लाख रुपैया विनियोजन गरेको छ ।

यस्तै आर्थिक विकासमा १८ लाख सुशासन तथा संस्थागत विकासमा १३ लाख १० हजार ७१६ र वातावरण तथा विपद् व्यवस्थापनमा ४ लाख रुपैया बजेट विनियोजन गरिएको वडाध्यक्ष मल्लले बताए ।

वडाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको राजश्व संकलन पनि वडाभेलामा सार्वजनिक गरेको छ । जसअनुसार वडाले सो अवधीसम्म १७ लाख ९१ हजार ८०० रुपैया राजश्व संकलन गरेको छ ।

वडाध्यक्ष मल्लको सभापतित्वमा आयोजित वडाभेलाका प्रमुख अतिथि पनि नगरप्रमुख भट्ट नै रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधी एवम् स्थानियहरुको सहभागिता रहेको थियो ।