खाेज्नुहाेस

सुप समावेशीका विद्यार्थीलाई एपेक्स एकेडेमीका विद्यार्थीले वितरण गरे टिफिन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बसन्तपुरमा रहेको एपेक्स एकेडेमीका विद्यार्थीहरुले सुप समावेशी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आफ्नो टिफिन वितरण गरेका छन । अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयका बालबालिकाहरुलाई एपेक्स एकेडेमीका विद्यार्थीहरुले घरबाट लगेको टिफिन वितरण गरेका हुन ।

navjiwan hospital

वार्षिक कार्यपात्रो अनुसार शुक्रबार सञ्चालन गरिने ‘क्यालोरी कोल्याबोरेसन’ नामक कार्यक्रम अन्र्तगत रहेर विद्यार्थीहरुले आफ्नो घरबाट ल्याएको टिफिन अपांगता भएका बालबालिकाहरुलाई वितरण गरेको विद्यालयका प्राचार्य समिर महराले जानकारी दिए । उनले विद्यार्थीहरुलाई सामाजिकिकरण गर्न र बालबालिकामा नैतिक शिक्षाको उजागर गर्न विद्यालयले यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको बताए ।

attariya hospital

उनले अशक्त बालबालिका एवं अशक्त व्यक्तिहरूको सम्मान र आदर गर्न उत्प्रेरित गर्नका निमित्त विद्यार्थीहरुलाई सो कार्यक्रममा सहभागिता गराईएको बताए । उनका अनुसार विद्यालयका कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुले टिफिन ल्याएका थिए भने कक्षा ४ देखी ६ सम्मका विद्यार्थीहरुले एक दिनको टिफिन बराबरको शैक्षिक सामग्रीहरु वितरण गरेका थिए ।