खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट ४ लाख बढीका भन्सार छलिका सामान बरामद

Image
file photo

अत्तरिया– कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट ४ लाख बढीका अवैध भन्सार छलीका सामानहरु बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी ४ लाख ३ हजार ३५ रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

navjiwan hospital

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ माछापोखरी, पुरानो भन्सार रोड, वडा नं. १९ खेदाघाट तथा भजनी नगरपालिका– ७ हिम्मतपुरबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ९४ हजार २०० रुपैया बराबरका सामान बरामद गरिएको जनाएको छ । जसमा पेय पदार्थ, बिडी, सुर्ती, बिभिन्न मोबाइलका कभरहरु, बोईलर कुखुरा, बोका, खसी तथा बाख्रा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाबाट १ लाख ८ हजार ३५ रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो रकम बराबरका विभिन्न किसिमका कपडा, स्टेशनरी, हाडवेयर, किराना लगायतका सामानहरु बरामद गरिएको हो ।