खाेज्नुहाेस

कञ्चनपुर प्रहरीद्धारा ५ जना फरार प्रतिबादी पक्राउ

Image

अत्तरिया– कञ्चनपुर प्रहरीले ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धामा फरार रहेका ५ जना प्रतिवादीहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का २१ वर्षिय प्रकाश महरा, भीमदत्त नगरपालिका–१० का २० वर्षिय दिपक राज जोशी, सोही नगरपालिकाको वडा नं. ६ का ७१ वर्षिय प्रमानन्द भट्ट र दोधारा चाँदनी नगरपालिकाका रमेश बस्नेत रहेको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका– ५ हसनपुर बस्ने ३९ वर्षिय योगे भण्डारीलाई पनि पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनिहरुलाई बिहिबार पक्राउ गरिएको हो ।

पक्राउ परेका धनगढीका भण्डारीलाई लागुऔषध (खैरो हिरोईन) मुद्धामा दोषि ठहर गरि २ महिना कैद र ५ हजार रुपैया जरिवाना तोकिएको थियो । यस्तै लालझाडी गाउँपालिकाका महरालाई पनि सोही मुद्दामा २ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।

यसैगरी लागुऔषधकै मुद्धामा भीमदत्त नगरपालिकाका जोशीलाई १ महिना कैद र १० हजार रुपैया जरिवाना तोकिएको थियो भने सोही नगरपालिकाका भट्टलाई भने लागुऔषध (चरेश) को मुद्धामा ८ महिना कैद र १० हजार रुपैया जरिवाना तोकिएको थियो । दोधारा चाँदनी नगरपालिकाका रमेश बस्नेतलाई भने लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा १ महिना कैद र ५ हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।