खाेज्नुहाेस

कर्णाली करिडोरको १३ वर्षको प्रगती २२ प्रतिशत मात्रै

Image

बाजुरा– कर्णाली करिडोरको १३ वर्षसम्मको प्रगती २२ प्रतिशत मात्रै देखिएको छ । कर्णाली राजमार्ग अन्तर्गतको सो करिडोरले १३ वर्षमा २२.६० प्रतिशत मात्र भौतिक प्रगति गरेको महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले देखाएको हो ।

navjiwan hospital

राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको खुलालुदेखि सिमीकोट हुँदै हिल्सासम्मको २६९ किलोमिटर सडक निर्माण कार्य आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको थियो । निर्माण कार्य २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अब अवधि बढाएर २०८४/८५ सम्म पु¥याइएको प्रतिवेदनमा उल्लेख छ ।

attariya hospital

सुरुमा १६ अर्ब १० करोड रुपैयाँको लागत अनुमान गरिएको यो आयोजनाको लागत हाल संशोधित भएर १८ अर्ब ६६ करोड पुगेको छ । प्रतिवेदनअनुसार कुल लम्बाइमध्ये २६८.२ किलोमिटर ट्रयाक निर्माण भइसकेको छ, तर भौतिक प्रगति भने केवल २२ प्रतिशत पुगेको जनाइएको छ ।

यद्यपि, अधिकांश भागमा ट्रयाक खुलेसँगै स्थानीय उत्पादनको बजारीकरण र यातायातमा सहजता आउन थालेको छ । दैलेख, कालीकोट, बाजुरा र हुम्लाका धेरै स्थान मुख्य बजारका रूपमा विस्तार भइरहेका छन् ।