खाेज्नुहाेस

कैलालीबाट साढे २५ लाखको अवैध सामान बरामद

Image

धनगढी – कैलालीबाट प्रहरीले साढे २५ लाख बराबरको भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ । बुधबार साँझ भारतबाट भन्सार छली ल्याइएको २५ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोईलही ताल क्षेत्रबाट बेवारिसे अवस्थामा ती सामान फेला पारेको जनाइएको छ ।

attariya hospital

बरामद गरिएका सामग्रीमा ४ सय पिस सुट, १ हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, ५ वटा टावेल, १ रोल ब्लाउजको अस्तर लगायतका सामान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।