अत्तरिया – कैलालीको मसुरियामा अवरुद्ध पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ । सोमबार घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि स्थानीय र उनका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

सहमति पछि राजमार्ग सुचारु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग बिहान ९ः५० देखि नै राजमार्ग अवरुद्ध भएको थियो । ४ बजे राजमार्ग सुचारु भएको हो ।

राजमार्ग सुचारु भएपछि यात्रु तथा सवारी साधन गन्त्यव तर्फ लागेका छन । सोमवार बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कडायतको मृत्यु भएको थियो । प्रहरीले चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई नियन्त्रणमा लिएको छ ।


















