खाेज्नुहाेस

धनगढीबाट १२ ग्राम खैरो हेरोइन सहित २ भारतीय नागरिक पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट ठुलो परिणाममा लागू औषध सहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

navjiwan hospital

मंगलबार दिउँसो धनगढी उप–महानगरपालिका – १ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित २ भारतीय नागरिक पक्राउ परेका हुन ।

attariya hospital

वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल धनगढी उप–महानगरपालिका – १ बस्ने ४१ वर्षीय पप्पु खान र सोही ठाउँका २९ वर्षीय मुजमिल्ल अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।