खाेज्नुहाेस

भारतमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

Image

अमृतसर – भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ।  मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजिठामा यो  घटना भएको हो।

navjiwan hospital

अमृतसरका एसएसपी मनिंदर सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हिजो राति ९ः३० बजेतिर नक्कली मदिरा सेवन गरेपछि मानिसहरूको मृत्यु भएको खबर आयो।  हामीले तुरुन्तै  घटनास्थल पुगेर  मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित ४ जनालाई पक्राउ गर्यौं।’

attariya hospital

एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको छ।