अत्तरिया – कैलालीबाट प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ ।
सोमबार जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका – ३ कटानपुर का २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको थियो ।