खाेज्नुहाेस

पलिया जाँदै गरेका धनगढीका एक युवकको स्कुटर दुर्घटनामा मृत्यु

Image

धनगढी – भारतको पलिया जाँदै गरेका धनगढीका एक युवकको स्कुटर दुर्घटनामा मृत्यु भएको छ।

navjiwan hospital

दुर्घटनामा धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको ज्यान गएको हो। भारतको लखिमपुर जिल्लास्थित दुधुवा नेशनल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ।

attariya hospital

स्कुटरमा सवार अर्का युवक घाइते भएका छन्। उनी हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।