खाेज्नुहाेस

अत्तरियामा बुद्ध जयन्ती मनाईयो

Image

अत्तरिया– अत्तरियामा बुद्ध जयन्ती मनाईएको छ । सोमबार अहिंसावादी विश्वशान्ती धर्म चक्र बौद्ध गुम्बा सुदूरपश्चिम प्रदेश क्षेत्रिया कार्यसमिति अत्तरियाले विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाएको हो ।

navjiwan hospital

बुद्ध जयन्तीको अवसरमा ¥यालीको आयोजना गरिएको थियो । जसमा अत्तरिया क्षेत्रका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । विभिन्न नारा सहित आयोजना गरिएको ¥यालीमा सहभागि विद्यार्थीहरुले बुद्धका विभिन्न जीवनोपयोगी भनाईहरु लेखिएका पम्पलेटहरु समातेका थिए ।

attariya hospital

२५६९औ बुद्ध जयन्तीका अवसरमा बुद्धका भनाईहरुलाई सार्थक पार्नका लागि कार्यक्रम आयोजना गरिएको अहिंसावादी विश्वशान्ती धर्म चक्र बौद्ध गुम्बाका प्रमुख लामा गणेश मोक्तानले जानकारी दिए । उनले आजकै दिन भगवान बुद्धको जन्म, ज्ञान प्राप्त र निधनको दिन भएकाले विशेष महत्वका साथ मनाउने गरिएको बताए । उनले हरेक वर्ष बुद्ध जयन्तीका अवसरमा कार्यक्रम मनाउने गरिएको र यसलाई सधै निरन्तरता दिईने समेत बताए ।

‘हामीले पैसा कमाउनका लागि गरेका होईनौ, भगवान बुद्धले सबैसँग मैत्रीभाव राखेर अघि बढ्नुभयो, सोही तरिकाले हामीहरुले पनि आफूलाई अघि बढाउनु पर्छ भन्ने भावना फैलाईरहेका छौ’ उनले भने ‘बुद्धलाई मान्ने तर बुद्धको भनाई मनन् नगर्ने चलन छ, आपसी विभेद र झगडा नहोस भन्नका लागि पनि हामीले बुद्ध जयन्ती मनाउने गरेका छौ ।’ उनले सबैलाई राम्रो होस भन्ने सोचेर नै ¥यालीलाई बजार परिक्रमा गराईएको बताए ।